Tuesday, January 26

काठमाडौँमा फेरी देखिन थाले कोरोना संक्रमित, उपत्यकाबासीलाई सर्तक रहन आग्रह

July 15, 2020 236

काठमाडौँ । काठमाडौँ उपत्यकामा बुधबार थप ७ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिँदै उपत्यकामा फेरी संक्रमितहरु फेला पर्न थालेका कारण शर्तकता अपनाउन आग्रह गरेका छन् । यसैबिच नेपालमा गतसातादेखि कोरोना संक्रमितहरु निको भएर घर फर्किने क्रम उच्च दरले बढेको छ ।

पछिल्लो समय भारतबाट आउनेहरुको संख्या घटेको, क्वारेन्टिनमा बस्नेहरु डिस्चार्ज भएसँगै पिसिआर परिक्षणमा पनि कमि आएका कारण संक्रमितहरुको संख्या पहिचानमा कमी आएको जानकारहरुले आरोप लगाइरहेका बेला आज एकैदिन थप ६ सय ९७ जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप १ सय १६ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ ।

यसैबिच कोरोना संक्रमणबाट रौतहटका थप १ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेमा रौतहटका ३६ वर्षका पुरुष भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिँदै रौतहटका ति पुरुषको दिउसो साडे २ बजे उपचारका क्रममा निधन भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्