Monday, October 26

सुशान्त सिंह राजपुतको निधनको एक महिना : भगवानको बच्चा भन्दै अंकिता भइन् भाबुक

July 14, 2020 215

सुशान्त सिंह राजपुतले सारा फ्यानलाई चकित बनाउँदै जुन १४ मा आफ्नो प्राण त्यागेका थिए । आज उनको निधनको एक महिना पुगेको छ ।

उनका परिवार तथा फ्यानहरु अझै पनि चकित छन् ।

उनको निधनको एक महिनामा उनकी पुर्व प्रेमिका अंकिता लोखण्डेले दियो बालेको फोटो हालेको छिन् ।

जहाँ उनले “भगवानको बच्चा” भनेर क्याप्सन दिएको छिन् ।

उनले हालेको तस्विरमा दियो बलेको छ । उनको घरमा रहेको सानो मन्दिरमा गणेश भगवान, साईबाबा र अरु भगवानहरु पनि देख्न पाईन्छ ।

दियोको वरीपरी सेतो फुल राखिएको छ जुन मरेको मानिसहरुलाई अर्पण गरिन्छ । सुशान्तको निधन भएदेखि नै उनी सामाजिक सञ्जाल देखि टाढा रहेकी छिन् ।

आज उनले एक्कासी यस्तो तस्विर पोष्ट गरेपछि उनको स्टाटसमा कमेन्टको वर्षा शुरु भएको छ ।

उनलाई धेरैले सान्तवना दिईरहेका छन् । उनको यो पोष्टले अब उनी केहि ठिक भइरहेको अनुमान लगाउन सकिन्छ ।

प्रतिकृया दिनुहोस्