Saturday, November 28

आज पनि प्रचण्डको जिब्रो चिप्लियो…

June 13, 2020 200

नेकपा अध्यक्ष पुष्पकमल दाहालको जिब्रो बेलाबेलामा चिप्लिने गरेको छ । आज पनि संसदमा बोल्दा उनको जिब्रो चिप्लिएको छ । उनले राजतन्त्रले गुमाएको भुमि गणतन्त्रले ल्याउदैछ, खबरदार हामी झुक्ने छैनौं  भनेपछि सामाजिक संजालमा उनको बिरोध शुरु भयो ।

राप्रपा अध्यक्ष कमल थापाले राजतन्त्रले गुमाएको भूभाग गणतन्त्रले फर्काउन लागेको छ भन्ने अभिव्यक्तिको खण्डन गर्दै काउण्टर जवाफ दिन भ्याइहाले ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले प्रचण्डको अभिव्यक्तिको खण्डन गरेका हुन् । उनले भनेका छन् , ‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो भन्ने प्रचण्डको भ्रामक र पूर्वाग्रही भनाई विकृत र असन्तुलित मानसिकता हो । १७ हजारको शवमा टेकेर बिदेशी स्वार्थमा समर्पित आत्मसमर्पणवादी हुनुको अपराधवोध हो।नेपालको एकिकरण र राष्ट्रिय अखण्डताको रक्षामा राजसंस्थाको महत्वपूर्ण भूमिका ऐतिहासिक सत्य हो ।

सिंगो राष्ट्र एकढिक्का भएर तथा सबै राष्ट्रिय शक्तिहरुको सहयोग लिएर नेपाली भूमी फिर्ता लिनु पर्ने बेला यस्ता विभाजनकारी सोच प्रत्युत्पादक हुनेछ। इतिहासको सामान्य ज्ञान समेत नभएको वा उपेक्षा गर्ने व्यक्ति कसरी पटकपटक प्रधानमन्त्री हुनुभयो । आश्चर्य लाग्छ। प्रचण्डको भनाई प्रति खेद व्यक्त गर्दछु ।’

प्रचण्डले आजको प्रतिनिधी सभा बैठकमा हुँदै गरेको नेपालको संविधानको दोस्रो संशोधनलाई संबोधन गर्दै राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फर्काउन लागेको अभिव्यक्ति दिएका थिए ।

प्रतिकृया दिनुहोस्