Monday, November 23

माहानायक राजेश हमाल हुँदै हैन माहानायक त भुवन केसी हो भनेर दाबी गरे निर्देशक शोभित बस्नेतले(भिडियो हेर्नुहोस)

July 14, 2020 326

सोभित बस्नेत नेपाली फिल्म क्षेत्रको खम्बा हुन् । उनले दर्जनौ फिल्म निर्माण गरेका छन् । टेलिसिरियल समेत निर्माण गरेका सोभितले नेपाली फिल्म क्षेत्रका बारेमा पत्र पत्र केलाउन सक्छन् । उनी सामाजिक सञ्जालमा पनि निकै सकृय छन् । फिल्म क्षेत्रका कलाकार वा अन्य कसैले दिएको अभिब्यक्तिका बारेमा तत्काल प्रतिकृया दिन्छन् । अहिले सामाजिक सञ्जालमा कलाकारहरुका बारेमा चलेको द्ध’न्द्धका बारेमा पनि उनले सामाजिक सञ्जाल फेसवुकमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले नायीका साम्राज्ञी राज्यलक्ष्मी शाह र फिल्म निर्मात तथा अभिनेता भुवन केसीको विषयमा पनि आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले भुवनका बारेमा साम्राज्ञीले गलत धारणा बनाएको बताएका छन् ।

सबैसंग नजिक जाने, आइलभ यु भन्ने, सबैलाई माया गर्ने भुवनको स्वभाव भएका कारण साम्राज्ञीलाई पनि भुवनले सोही ब्यवहार गरेको हुनसक्ने सोभितको भनाई छ । भुवनले छोरी झै माया गरेको ब्यवहारलाई साम्राज्ञीले गलत सोचेको हुनसक्ने उनले बताएका छन् । फिल्म ड्रिमको सुटिगंका क्रममा आफु माथि भएको ब्यवहारका बारेमा पनि साम्राज्ञीले नबुझेको उनको तर्क छ । त्यती बेला साम्राज्ञी नयाँ कलाकार भएका कारण फिल्मका प्राविधिकहरुले साम्राज्ञीलाई भन्दा अनमोल केसीलाई बढी महत्व दिएको हुनसक्ने बताएका छन् । भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्