Tuesday, October 27

बाढी पहिरोले पुर्‍याएको क्षतिप्रति दु:खित छु : पूर्वराजा शाह

July 14, 2020 120

काठमाडौं : वर्षातको कारण देशको विभिन्न भागमा बाढी र पहिरोले नागरिकको ज्यान लिएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले दु:ख व्यक्त गरेका छन्। सोमबार पूर्वराजा शाहले एक सन्देश जारी गर्दै दु:ख व्यक्त गरेका हुन्।

‘डुबानबाट धेरैले ज्यान गुमाएको, घाइते हुनु परेको र जायजेथा गुमाउनु परेको र धेरै घरवार विहिन भएको सुन्दा, देख्दा र बुझ्दा म अत्यन्त दुखित भएको छु’ पूर्वराजा शाहले भनेका छन् ‘शोक, वियोग, व्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस्। विनासको यो बेला पर्याप्त सहयोग, सुब्यवस्था तथा निगरानी पुगोस् भन्ने मेरो आग्रह छ।’

उनले पर्वतीय मुलुकमा बाढी, डुबान र भूक्षयको जोखिम हरेक वर्ष हुने प्रकृया रहेको उल्लेख गरेका छन्। त्यसैले यसको रोकथाम र सजगताको निम्ति समयमै पर्याप्त ध्यान दिन सके क्षति न्यूनिकरणमा योगदान पुग्ने जारी सन्देशमा लेखिएको छ। ‘प्रतिकूल मौसमी प्रकृतिका कारण उत्पन्न प्रकोप र पीडाबाट जनताले मुक्तिको सास फेर्न पाउन् भन्ने मेरो ईश्वरमा प्रार्थना छ। प्राकृतिक विपदको यो समयमा म शोक सन्तप्त पिडित सबैमा हार्दिक समवेदना व्यक्त गर्दै घाईते भएका सबैको शिध्र स्वास्थ्यलाभको कामना गर्दछु’ जारी सन्देशमा भनिएको छ।

प्रतिकृया दिनुहोस्