Tuesday, January 26

विष्णु पादुका क्षेत्र डोलेश्वर महादेव संरक्षण समितिलाई हस्तान्तरण

July 14, 2020 371

भक्तपुर, ३० असार- डोलेश्वर महादेव मन्दिर परिसरमा नेपाली सेनाको वीर दल गणले निर्माण गरेको विष्णु पादु
सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर परिसरमा नेपाली सेनाको वीर दल गणले निर्माण गरेको विष्णु पादु परिसर हस्तान्तरण गरेको छ ।

नेपाली सेनाको वीर दल गणले डोलेश्वरमा आयोजना गरेको हस्तान्तरण कार्यक्रममा निर्माण गरेको विष्णु पादुका क्षेत्र सांसद महेश बस्नेत र नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले संयुक्त रुपमा अनावरण गरी केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिलाई आज हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा सांसद बस्नेतले विपद् र कोरोना सङ्क्रमणको समयमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले भक्तपुरमा देखाएको भूमिका उल्लेख्यनीय भएको चर्चा गर्दै विकासमा समेत सहयोगात्मक भूमिका निर्वाह गरेको बताउनुभयो ।

प्रधान सेनापति थापाले नेपाली जनता र सेनाबीचको सम्बन्ध युगौँदेखि नङ र मासुजस्तै रहेको बताउनुभयो । उहाँले जनता र नेपाली सेनाबीचको सहयोग एवं सहकार्यमा थप समधुर बनाउन नेपाली सेनाले स्थानीय जनता र स्थानीय निकायको सहयोगमा नेपाली संस्कृति, परम्परा र इतिहास संरक्षण र सम्बद्र्धन गर्दै आएको चर्चा गर्नुभयो । विकासमा नेपाली सेना हरदम खटिरहने उहाँको भनाइ थियो ।

वीर दल गण सूर्यविनायकका गणपति कर्नेल शिव पौडेलले यस क्षेत्रमा रु २४ लाख ८० हजार २१० को लागतमा सत्तल, ढुङ्गेधारा, पोशाक फेर्ने कक्ष, पर्खाल, फलामे पुल, बाटो, हवन घर र मठ निर्माण गरिएको बताउनुभयो । उहाँले नेपाली सेनाका एक हजार ८६० को श्रमदानले संरचना निर्माण सम्पन्न भएको बताउँदै उक्त संरचना निर्माणमा कूल रु ४५ लाखको खर्च अनुमान गरिएको बताउनुभयो । सेनाले करिब रु २० लाख बराबरको श्रमदान र अन्य सेवा गरेको थियो ।

प्रतिकृया दिनुहोस्