Wednesday, October 21

नक्कली आइडी बनाएर दिपाश्रीलाई अपशब्द प्रयोग गरिएको दीपकराज गिरीको आरोप,तर यो आरोप को माथि,कतै ?(भिडियो हेर्नुहोस)

July 13, 2020 128

महानायकका विषयमा दीपाश्री निरौलाले गरेको टिप्पणीपछि उनीमाथि नक्कली आइडी बनाएर अपशब्द प्रयोग गरिएको कलाकार दीपकराज गिरीले आरोप लगाएका छन् ।आइतबार मध्यराति सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभमार्फत गिरीले राजेश हमालका विषयमा भएको टिप्पणीपछि दिपाश्रीले माफी माग्दा पनि अपशब्द प्रयोग गर्नेलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । दर्शकले गाली गर्न नछोडेका कारण धेरै नराम्रो अवस्था सृजना भएको गिरीले बताएका छन् ।

महिला दिदी बहिनीले सानो गल्ती गर्दा फेसबुकमा ७५ प्रतिशत फेक आइडी बनाएर गालीको वर्षा गरेको गिरीको आरोप छ । राजेश हमाललाई दिपाश्री निरौलाले महानायक हो र भनेर प्रश्न गरेपछि उब्जिएको विवादमा मुछिएका दिपकराज गिरीले फेसबुक लाइभमा आएर आफ्नो धारणा राखेका हुन् । भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्