Saturday, February 27

प्रधानमन्त्री ओलीले गरे अमिताभ बच्चनको स्वास्थ्यलाभको कामना

July 12, 2020 230

प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्यलाभको कामना गरेका छन्। को रोना सं क्रमणपछि अमिताभ अस्पतालमा छन्। प्रधानमन्त्री ओलीले आइतबार ट्वीट गर्दै अमिताभ र उनका छोरा अभिषेक बच्चनको शीघ्र स्वास्थ्यलाभ कामना गरेका हुन्।

को रोना पोजेटिभ देखिएपछि अमिताभ शनिबार राति मुम्बईको नानावती अस्पताल भर्ना भएका थिए।

अभिताभले आफ्नो ‘पछिल्ला दस दिनमा जो मेरो सम्पर्कमा आएको हुनुहुन्छ, उहाँहरूले आफ्नो कोरोना भाइरस परीक्षण गराउनुहोला’ भन्ने जानकारी पनि ट्वीटमार्फत् दिएका छन्।

महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले सरकारले पूर्व तयारीविना सार्वजनिक यातायात सञ्चालन गर्न भनेर अव्यवहारिक र ख तरनाक कदम चालेको बताए । सरकारले आफूहरुलाई कर्जा एक वर्ष पछि तिर्न मिल्ने बनाउन भन्दा पनि बेवास्ता भएको भन्दै अब कुनै हालतमा यातायात सञ्चालन गर्न सकिने अवस्था नरहेको बताए । सरकारले सञ्चालन गरेका यातायात डुबेको स्मरण गराउँदै उनले अहिले ती संस्थाहरु जग्गा विक्री गरेर खाने भाँडो बनेको उल्लेख गरे । उनले यातायात मजदुरलाई तलब दिनका लागि भएपनि कर्जा छुट, केही अनुदान र सहुलियतमा ऋणको व्यवस्थाको माग गरे ।

महासंघले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार यातायात मजदुर र आम यात्रुहरुको स्वास्थ्यलाई दृष्टिगत गरी सम्पूर्ण व्यवस्था हुनुपर्ने, बैंक किस्ता तथा ब्याजमा पूर्ण तालिकीकरण हुनुपर्ने, कागज पत्र, कर राजश्वमा बन्दाबन्दी अवस्थाको कर छुट हुनुपर्ने, बन्दाबन्दीको अवस्थाको बिमा प्रिमियम छुट समयावधि समायोजन लगाएतमा माग अघि सारेको छ ।

प्रतिकृया दिनुहोस्