Saturday, November 28

म्याग्दी पहिरो अपडेट : मृ तकको संख्या २१ पुग्यो, धेरैको परिवार नै उजाडियो

July 11, 2020 240

म्याग्दी पहिरोमा परी मृ त्यु हुनेको संख्या २१ पुगेको छ। धवलागिरी गाउँपालिकाकी अध्यक्ष थमसरा पुनका अनुसार सोही गाउँपालिकामा मात्रै मृ तकको संख्या ९ पुगेको हो। ‘अघि म घ टनास्थलमा जाँदा केहीको श व देखिएको हो’ उनले टेलिफोनमा भनिन्, ‘बाँकी हराइरहेका छन्, त्यहाँ खोतल्दै काम भइरहेको छ।’ उनले घ टनास्थल असाध्यै विकट भएको र उद्धारमा कठिनाई भएको बताइन्। ‘उद्धार टोली पुग्ने अवस्था छैन। किनेर खाने कुरा छैन, पिउने पानी छैन। के खाने, के गर्ने भन्ने भएको छ’, उनले भनिन्,‘ म त धेरै क्षति भएकोमा पुग्दै सम्झाउँदै गरेकी छु, हामीले जनता गुमायौंँ, यहाँको अवस्था क्रिटिकल छ।’

परिवार नै उ जाडियो
रातमा आएको पहिरोले धवलागिरी–६, मराङका जनिमा केसी र उनका छोरा प्रकाश केसीलाई खोस्यो। पहिरोबाट जनिमाका सानो छोरा भने भाग्यले बाँचे। ‘उनका श्रीमान् र जेठी श्रीमतीसहित छोराछोरी विदेश छन्’, गाउँपालिका अध्यक्ष पुनले भनिन्, ‘यता त्यस्तै ८ वर्षको सानो छोरा मात्रै सकुशल रहे।’ अध्यक्षका अनुुसार घ टनामा पर्नेहरु प्रायःजसो एउटै परिवारका छन्।

मृ त्यु पुष्टि भएका रेश्मा सुनार, मनबहादुर श्रीपाली, कमला श्रीपाली, सुरक्षा श्रीपाली र सुरज श्रीपाली पनि एकाघरका हुन्। ‘श्रीपालीको पनि एउटै परिवार हो’, अध्यक्ष थमसराले भनिन्,‘ त्यो परिवारमा हजुरआमा र ४ वर्षकी नातिनी मात्रै बाँचेका छन्।’ यसैगरि मृ त्यु पुष्टि भएका धवलागिरी गाउँपालिका–६, मराङबाट सुकना लामगादे, आशीष लामगादे, आयुष लामगादे एउटै घरका आमा छोरा हुन्। उनका श्रीमान् भने विदेशमा रहेका छन्।

मराङमै बे पत्ता रहेका ४० वर्षीय धनबहादुर जुग्जाली, ३३ वर्षीया रितुकुमारी जुग्जाली, ८ वर्षीय कञ्चन जुग्जाली, ५ वर्षीय अर्जुन जुग्जाली, १० वर्षीया करिस्मा जुग्जाली, ५५ वर्षीया गौशरा जुग्जाली, हिराकुमारी जुग्जाली, २१ वर्षीया दिमा जुग्जाली, ३ वर्षीया दिप्ती जुग्जाली र १ वर्षीय दिवन जुग्जाली दाजुभाई खलकका हुन्। तीमध्ये बिजुलीमा काम गर्ने एकजना चाहिँ पावरहाउसमा बिजुली अन गर्न गएकाले बचेको उनले सुनाइन्। हराइरहेका सविन पुन चाहिँ पाहुनाको रुपमा त्यो गाउँमा आएका थिए। ‘ऊ साथीकोमा आएको बेला परेको हो’, उनले भनिन्।

प्रतिकृया दिनुहोस्