Tuesday, October 27

भरतपुरका सात गाउँ जोखिममा

July 11, 2020 215

लगातारको वर्षाका कारण भरतपुर महानगरपालिका–२८ का सातवटा गाउँ जोखिममा परेका छन् ।

नारायणी नदीमा आएको बाढी गाउँ पस्ने खतरा बढेकाले स्थानीय चिन्तित बनेका छन् । नारायणी नदीको बाढी छेक्न तथा कटान रोक्नका लागि बनाइएको तटबन्धको अधिकांश भाग बाढीले बगाउँदा जोखिम बढेको हो ।

तटबन्धको डेढ मिटर मात्रै बाँकी रहेको र नदीमा बहाव उच्च भएकाले त्यो पनि बगाउने खतरा रहेको वडानम्बर २८ का अध्यक्ष आशबहादुर कुमालले जानकारी दिए । उनले भने, ‘हिजो बगाएको क्षेत्रमा नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले बोरामा माटो तथा बालुवा राखेर अस्थायी तटबन्ध बनाउने प्रयास गरेका थिए ।

रुखहरु पनि राखिएको छ । तर बाढी उच्च रहेकाले नदीको पानी गाउँ पस्ने जोखिम उच्च रहेको छ । मैले महानगर र जिल्लामा जानकारी गराएको छु । तत्काल केही गरिएन भने कम्तिमा सातवटा गाउँ डुबानमा पर्ने छन् ।’ सालबास, पञ्जना, सिसाबास, पर्साबजार, योगी टोल, लौखोरी, गोलाघाट बाढीको जोखिममा रहेको उनले बताए।

प्रतिकृया दिनुहोस्