लगातारको वर्षासँगै मुलुकका विभिन्न स्थानमा बाढीपहिरो गएको छ। शुक्रबार मात्र ६ जिल्लामा पहिरो र दुई जिल्लामा बाढी गएको हाे।
गृह मन्त्रालयका अनुसार बाढीपहिरोमा शुक्रबार मात्र २३ जनाको ज्यान गएको छ। ती घटनामा ३६ जना बेपत्ता भएका छन्, भने २६ जना घाइते भएका छन्।
म्याग्दीको धौलागिरि र मालिका गाउँपालिकामा पहिरो गएको हो। ती घटनामा ३ जनाको ज्यान गएको छ, भने ३१ जना अझै बेपत्ता छन्।
कास्कीको पोखरा महानगरपालिका, सारङकोट, हेम्जा र पैतेडाँडामा पहिरो गएको छ। ती घटनामा ७ जनाको मृत्यु भएको छ १७ जना घाइते भएका छन्।
रुकुम पश्चिमको आठविसेकोट नगरपालिका रजेखोलामा पहिरो जाँदा २ जनाको मृत्यु भएको भने १ जना घाइते भएका छन्।
जाजरकोटको बारकोट गाउँपालिकामा पहिरो जाँदा ७ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्। ५ जना बेपत्ता छन्। गुल्मीको कालीगण्डकीमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ।
बिहीबार सिन्धुपाल्चोकमा बाढी गएको थियो। उक्त घटनामा २ जनाको ज्यान गएको थियो। २१ जना बेपत्ता छन्
प्रतिकृया दिनुहोस्