Monday, March 8

डीभी परेका नेपाली अब अमेरिका जान नपाउने !

July 10, 2020 367

काठमाडौं -डीभीमा छनौट भएका २६ सय नेपाली अब अमेरिका जान नपाउने भएका छन् ।कोरोना भाइरसको महामारीका कारण आप्रवासीहरूलाई सन् २०२० को अन्त्यसम्म नै प्रवेशमा रोक लगाएपछि डीभी लोटरी परेका नेपालीअरु अमेरिका जान नपाउने भएका हुन् ।अप्रिल २३ देखि लागु गरिएको आप्रवासन भिसाको प्रतिबन्ध बढाएर डिसेम्बरको अन्त्यसम्म बनाइएको छ ।

जसको प्रभबन नेपालीमा पनि परेको हो ।सेप्टेम्बरसम्म भिसा नपाएपछि सन् २०२० को डिभी समाप्त हुने नियम रहेको छ । डीभी लोटरीका लागि भिसा फर्म भरेर अन्तरवार्तामात्र कुरेकाहरुको भिसा शुल्क के हुने भन्नेबारे केही बताइएको छैन ।सन् २०२० मा ३ हजार ६९६ जना नेपालीलाई डीभी लोटरी परेकोमा १ हजार ६९ जनाले भने भिसा प्राप्त गरिसकेका थिए ।

प्रतिकृया दिनुहोस्