Monday, October 26

ठगी आरोपमा समातिए ‘ज्योतिषी’ अर्जुन क्षेत्री

July 10, 2020 110

२६ असार, काठमाडौं । आफूलाई ज्योतिषी बनाउने अर्जुन क्षेत्री पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको सह–सचिव हुँ भनेर ठगी गरेको अभियोगमा क्षेत्री पक्राउ परेका हुन् ।अ

विशेष सूचनाका आधारमा अख्तियार र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ परेको हो ।

आयोगका प्रवक्ता प्रदीप कोइरालाले भने आफूले क्षेत्री पक्राउबारे जानकारी आइनसकेको बताउँदै बुझिरहेको बताएका छन् ।

एक प्रहरी अधिकृतका अनुसार उनले विद्युत् प्राधिकरणले खरिद गरेका जग्गामा घोटाला भएको भन्दै चार करोड रुपयाँ माग गरेका थिए । बार्गेनिङ क्रममा ५० लाखमा लेनदेन सहमति भइसकेपछिको अवस्थामा क्षेत्री पक्राउ परेका हुन् ।

ठूलो भूकम्प जाँदैछ भनेर अफवाह फैलाएको आरोपमा उनी २१ जेठ २०७६ मा पनि पक्राउ परेका थिए ।

प्रतिकृया दिनुहोस्