Tuesday, October 27

वरिष्ठ हास्य कलाकार जगदीपलाई अन्तिम बिधाई गर्न पुगे यी कलाकारहरु

July 9, 2020 138

सुरमा भोपाली नामले चर्चित बलिउडका वरिष्ठ हास्य कलाकार जगदीपको निधन भएको छ ।क्यान्सर रोगबाट पीडित जगदीपको ८१ वर्षको उमेरमा बुधबार राति मुम्बईस्थित निवासमा निधन भएको हो । बिहीबार उनको अन्त्येष्टि गरिने छ ।जगदीपको वास्तविक नाम सैयद इश्तियाक अहमद जाफरी हो । उनी कलाकारद्वय जावेद र नावेद जाफरीका बुवा हुन् ।उनले चार सयभन्दा बढी फिल्ममा काम गरेका छन् । सन् २०१२ को ‘गली गली चोर’ उनले अभिनय गरेको अन्तिम फिल्म हो, जसमा उनले प्रहरीको भूमिका निर्वाह गरेका छन् ।

सन् १९७५ मा बनेको शोले फिल्ममा उनले निर्वाह गरेको सुरमा भोपालीको भूमिकाले उनी बलिउडमा चर्चित बनायो । त्यसपछि सन् १९८८ मा ‘सुरमा भोपाली’ नामकै फिल्म बन्यो, जसमा जगदीपको मुख्य भूमिका छ । यसका साथै ब्रह्मचारी, नागिन र अन्दाज अपना–अपना जस्ता फिल्ममा उनको कमेडी रोल रुचाइएको थियो ।उनलाई अन्तिम बिदाई गर्न कलाकारहरु उनको घर पुगेका छन् ।

प्रतिकृया दिनुहोस्