Saturday, February 27

काठमाडौंका ५ सहित १ सय ८ जना कोरोना संक्रमित थपिए

July 9, 2020 230

बिहीबार कोरोनाभाइरसका १ सय ८ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा ४ हजार ५ सय ८८ जनाको पिसिआर परीक्षण गर्दा १ सय ८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

बुधबारसम्म कोरोनाका १६ हजार चार सय २३ संक्रमित थिए। यो संख्या बढेर बिहीबार १६ हजार ५ सय ३१ पुगेको हो। बिहिबार काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ५ जना कोरोना संक्रमित थपिएकाे बताए ।

संक्रमितहरु सबैजना काठमाडाैंकाे रहेकाे गाैतमले बताए । अहिलेसम्म २ लाख ७१ हजार १ सय ४५ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ । जसमध्ये १६ हजार ५ सय ३१ जनाको नतिजा पोजेटिभ आएको हो ।

प्रतिकृया दिनुहोस्