Tuesday, November 24

सुशान्तको सम्मान र फ्यानको डिमाण्डमा “पवित्र रिस्ता” जी 5 मा प्रसारण हुने

July 9, 2020 116

एजेन्सी – बलिउड अभिनेता सुशान्त सिंह राजपुतले जुन १४ मा आफ्नै घरमा आत्मह-त्या गरेपछि उनका फ्यानहरु निराश बनेका छन् ।

उनको परिवार शोकाकुल अवस्थामा छन् भने बलिउडकर्मी उनको मृत्युको शोकबाट बाहिर निस्कन सकेका छैन्न ।

उनको बारेमा धेरै कुराहरु मिडियामा आइरहेका छन् ।

उनलाई माया गर्नेहरुले उनको आत्माको शान्तिको कामना गर्दै नेपोटिजमलाई बढवा दिएकोमा यस्तो भएको भनेर असन्तुष्टी पनि जनाइरहेका छन् ।

केही समयअघि बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भयो। उनले मुम्बईको बान्द्रास्थित आफ्नै घरको फेनमा पासो लगाएर आफ्नै ज्यान फाले ।

उनको निधनले बलिउड अझै शोकमा डुबिरहेको छ ।

भारतिय मिडियाका अनुसार निधनपछि पनि उनी अब एक भारतीय टेलिभिजनमा देखिने भएका छन्।

उनको लोकप्रिय टिभी शो ‘पवित्र रिश्ता‘ फेरी दर्शकलाई देखाइने भएको छ।

भारतिय मिडिया दैनिक भास्करका अनुसार ‘जी ५ ’ले उनलाई श्रद्धांजलि दिँदै उक्त शो फेरि प्रसारण गर्ने जनाएको हो ।

प्रतिकृया दिनुहोस्