Tuesday, October 27

अभिनेता सुशिलले पनि गरे देहत्याग

July 9, 2020 290

काठमाण्डौ – कन्नडा सिनेक्षेत्रका अभिनेताले देहत्याग गरेका छन् । सुशान्तको निधनको महिना दिन नपुग्दै अर्का अभिनेताले आफ्नो प्राण त्याग गरेका हुन् । कन्नडा अभिनेता सुशिल गोड्वाले मङगलवार साँझ आफ्नै घरमा प्राण त्यागेका हुन् । उनको निधनले कन्नडा टेलिभिजन र सिनेमा जगत नै शोकाकुल बनेका छन् । उस्ले किन यो बाटो रोज्यो भनेर खुलेको छैन । उनी ३० वर्षका थिए । एउटा राम्रो कलाकारको साथसाथै उनी फिटनेस ट्रेनर समेत हुन् ।

उनले आफ्नो बारेमा फिल्म बनाउने सोच बनाएको बताइएको छ । उनको निधनमा दुखी हुदै साथी दुनिँया विजय लेख्छन् , “जब मैले उनलाई पहिलो पल्ट देखे अभिनेतामा चाहिने सबै गुण उनमा भेटे ।

फिल्म रिलिज नभइ उनले आफुले आफैलाई अन्त्य गरे ।उनको निधनले पुरै कन्नडा उद्योग दुखी भएको छ ।यो भन्दा पहिले पनि कन्नडा चलचित्रले अभिनेता चिरञ्जीवी सार्जा र टेलिभिजन कलाकारको पनि निधन भइसकेको छ ।

यसअघि पनि लकडाउनले आर्थिक मन्दी झेल्नु परेपछि धेरै कलाकारहरुले मृत्युको बाटो रोजिसकेकाे छन् ।बलिउड अभिनेता सुशान्तको निधनले बलिउड नै पुरै हल्लिएको छ ।उनका फ्यानहरुले उनको आत्माको शान्तिको लागि उनलाई आफ्नै जीवन त्याग गर्न बाध्य पार्नेहरुको सूचि नै तयार पारिरहेकाे छन् ।

यो पनि : ‘करन जोहर पूर्ण रुपमा विक्षिप्त भएका छन्, धेरैजसो रोइरहन्छन्’

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन पछि सबैभन्दा बढी प्रहार सहेका फिल्म निर्माता हुन् करण जोहर । उनी बलिउड फिल्ममा सबैभन्दा बढी कलाकार जन्माउने फिल्म निर्माता पनि हुन् । तर उनलाई जहिले पनि परिवारवादको आरोप लाग्ने गरेको छ ।उनी परिवारवादमा विश्वास गर्छन र बाहिरवाट आएका कलाकारमा उनी ट्यालेन्ट देख्दैनन् । जहिले पनि यस्तो आरोप सहँदै आएका करण सुशान्तको निधन पछि निकै विक्षिप्त बनेका छन् । उनी माथि अहिले सम्म पनि सामाजिक सञ्जाल मार्फत गाली आउन छोडेको छैन ।

उनको ३ वर्षका साना छोरा छन् । जसलाई उनले अपनाएका हुन् । सन्तानका रुपमा अपनाएका ति बालकलाई ज्यान लिने धम्की समेत आएका छन् । जसका कारण यो पटकको प्रहारवाट उनी निकै बिचलित भएका छन् । उनी लगायत ८ जना फिल्म मेकर र कलाकार माथि नेपोटिजम विरुद्ध उजुरी पनि परेको छ ।

उनी अहिले मोवाइल फोन प्रयोग गर्दैननन्, सामाजिक सञ्जाल समेत चलाउँदैनन् । यति विक्षिप्त भएका छन् की उनको नजिकैका कसैले फोन गर्दा पनि रुन थाल्छन् । आफु माथि यति धेरै प्रहार हुँदा पनि कसैले साथ नदिएको भन्दै उनी निकै दुखी पनि भएका छन् । करणका नजिकका साथीहरुले अहिलेको जस्तो अवस्था कहिल्यै नदेखेको बताएका छन् । उनीहरुले करणका विषया निकै चिन्ता ब्यक्त गरेका छन् । उनीविरुद्ध सोसल मिडियामा जुन रोष देखिएको छ, त्यसले करनलाई भित्रैदेखि हल्लाएको छ ।

सार्वजनिक स्थानमा समेत नदेखिएका करणको यस्तो अवस्थाले उनको परिवार र नजिकका साथी निकै चिन्तित छन् । उनी अहिले केही पनि बोल्न नसक्ने अवस्थामा छन् । भारतीय सञ्चार माध्यम बलिउड हंगामासँगको कुराकानीमा करन जोहरका एक निकै मिल्ने साथीले उनको स्थितीबारे जानकारी दिदै यस्तो बताएका हुन् । करणले बारम्बार सहेको यस्तो आरोपले उनलाई लागेको थियो मन निकै बलियो भएको छ । तर सुशान्तको निधन पछि उनको यो अनुमान पनि गलत सावित भएको छ । उनी निकै नराम्रो संग गलेका छन् ।

अहिले करण मात्र होइन उनीसंग नजिक रहेका साथीहरु पनि खतरामा छन् । यो सबै कुराको जिम्मेवार करणले आफुलाई ठानिरहेका छन् । जसले उनलाई निकै दुखी बनाएको छ । उनका साथीका अनुसार जब उनलाई कसैको फोन आउँछ जब उनी बेस्सरी रुन थाल्छन् । ‘उनले रुँदै प्रश्न सोध्छन्, ‘आखिर यस्तो सजाय पाउन, मैले के गल्ती गरेको छु र ? ’,’ उनले भने । स्मरण रहोस्, सुशान्त सिंह राजपूतले जून १४ मा मुम्बईको आफ्नो फ्ल्याटमा देह त्याग गरेका थिए ।

उनको निधन पछि अभिनेत्री कंगना रनावतले वलिउडमा भएको परिवारवादका कारण सुशान्त जस्ता होनहार कलाकारले अवसर नपाएको र त्यसैको कारण डिप्रेशनमा आएर उनले यस्तो निणर्य गरेको बताएकी थिइन् । उनको यस्तो अभिब्यक्ति पछि बलिउडमा अहिले परिवारवादको विषयमा वहस भइरहेको छ । धेरै कलाकारहरुले आफु माथि परेको समस्याका बारेमा बताउन थालेका छन् । गोबिन्दा, अक्षय कुमार जस्ता कलाकारले पनि आफुहरु त्यसवाट समस्यामा परेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्