Thursday, October 29

भोटेकोसी बाढीले अरनिको राजमार्ग पनि ब्लक : मौसम खराबीले उद्धार लागि हेलिकोप्‍टर पुग्यो

July 9, 2020 420

काठमाडौं : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-५ जम्बु बजार बाढीले अरनिको राजमार्ग अवरुद्द भएपछि उद्धारमा समस्या भएको छ। गएराति आएको बाढीले सडक सञ्जाल टुटेपछि उद्धारमा समस्या परेको हो। मौसम खराबीको कारण हेलिकोप्टर केही समयअघि मात्रै पुगेको छ। नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा सुबोध नीजि हेलिकोप्टर लिएर बाढी प्रभावित क्षेत्रमा केही समय अघि पुगेका छन्।

अरनिको राजमार्गमा रहेको ड्यामसाइडस्थित जुरे पहिरोको मुखमा भोटेकोसी नदीले कटान गर्दा आवतजावत रोकिएको छ। आवतजावत रोकिँदा सदरमुकाम तथा राजधानीबाट उद्धारको टोली घटनास्थल पुग्न सकेका छैनन्। राजमार्गको नयाँपुल भन्ने ठाउँमा सडक अवरुद्ध भएकाले सीमा प्रहरी चौकी तथा सशश्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट तातोपानीको टोलीसमेत घटनास्थल आउन नसक्दा घाइते, मृतक र बेपत्ताको उद्धारमा थप कठिन भएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्