Sunday, March 7

आज नेपाल एयरलाइन्सका एक पाइलटसहित थप तीन जनामा देखियो कोरोना

July 8, 2020 421

काठमाडौं-आज नेपाल एयरलाइन्सका थप एक पाइलट र तीन ‘क्रू’ मेम्बरलाई कोरोना पुष्टि भएको छ । नेपाल वायुसेवा निगम प्रवक्ता अर्चना खड्काका अनुसार पाइलटसहित चार जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित सबैलाई सशस्त्र प्रहरी बलको बलम्बुस्थित युनिफाइड हस्पिटलको आइसोलेसनमा राखिएको छ ।

यसअघि पनि नेपाल वायुसेवा निगमकै तीन पाइलटसहित १४ जना ‘क्रू’ मेम्बरलाई कोरोना पुष्टि भएको थियो । त्यस्तै आज काठमाडौं उपत्यकामा एकैदिन २३ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमितहरु काठमाडौं को १७ जना, ललितपुरको ६ जना रहेका छन् । त्यस्तै देशभर नेपाल बुधबार थप दुइ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

प्रतिकृया दिनुहोस्