Monday, March 8

रुकुममा फेरी यो के हो ? सार्वजनिक ठाउँमै एउटी महिला माथि प्रहरीकै यस्तो अ’त्याचार (भिडियो हेर्नुस्)

July 8, 2020 221

रुकुम । रुकुममा नवराज विकको निधन पछि एउटा तरंग आएको थियो । सो घटनाको अहिले पनि अनुसन्धान जारी छ । फेरी पश्चिम- रुकुम पश्चिममा अर्को एक घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

एक महिलालाई प्रहरी नै हा’तपा.त उत्रिएको भिडियो सार्वजनिक भएको छ । जसमा अन्य स्थानिय पनि सहभागी छन् । केही स्थानिय र प्रहरी समेत यो हर्कत गर्न उत्रिएको भिडियो सार्वजनिक भएको हो । अहिले सो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा त्यो घटनामा सहभागी भएकाहरुलाई कारवाही गर्न माग गरिएको छ । सो भिडियो कर्णाली प्रदेशको रुकुम पश्चिम आठविसकोट नगरपालिकाको भएको खुलेको हो । घटना भएको स्थान खुलेपछि प्रहरीले सो घटनामा अनुसन्धान सुरु गरेको छ ।

जिल्लाबाहिरबाट आएर हेल्प डेस्कमा प्रहरीलाई नराम्रो ब्यावहार गरेको आरोपमा महिलामाथि त्यस्तो घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ठगबहादुर केसीका अनुसार घटना १ जेठको भएको बताएका छन् । अहिले घटनाबारे भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।

केसीका अनुसार महिला घटनामा संलग्न एक जना हवल्दार दुर्घटनामा घाइते भएर प्रहरी अस्पतालमा उपचाररत् छन् । अन्य दुई जना प्रहरी जवानलाई जिल्लामा तानेर आन्तरिक छानविन थालिएको छ ।

आठविसकोट नगरपालिकाको नगर प्रहरीमा कार्यरत प्रहरी जवान निर्मला विकले पटकपटक ती महिलालाई ला ठी हा नेको भिडियोमा देखिन्छ । अहिले पी डित महिलालाई पनि सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ ।

 

प्रतिकृया दिनुहोस्