Monday, March 8

भरतपुरमा बोराभित्र मृत भेटिएका युवकको सनाखत

July 7, 2020 167

भरतपुर महानगरपालिका १० स्थित मैयादेवी क्याम्पस अगाडी एक युवकको शव फेला परेको छ । भरतपुर महानगरपालिका १४ स्थित शिवनगरका ४१ बर्षिय राजकुमार गुरुङ्गको आज(मंगलबार) शव फेला परेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

मृतक गुरुङ्गको शव मैयादेवि क्याम्पस अगाडी झाडिमा बोरामा बेरेर फालिएको अवस्थामा फेला परेको थियो । उनि चारदिन देखि परिवारको सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सुयबहादुर थापाले जानकारी दिनुभयो ।

उनि नारायणगढमा मजदुरी गरेर बस्ने गरेका थिए ।  हत्याको आशंकामा प्रहरीले आज दुई जनालाई प्रक्राऊ गरेको छ । मृतकको शव भरतपुर अस्पतालमा पोष्माटम गर्ने तयारी भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्