Tuesday, November 24

पाटन अस्पतालमा उपचारका क्रममा फेरी एकको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुग्यो

July 7, 2020 326

काठमाडौं – नेपालमा कोरोना संक्रमणका कारण आज थप एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा गोरखा भीमसेन गाउँपालिका तान्द्राङ–२ का युवक रहेका छन् । ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएका उनमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । उनको कोरोनाबाटै मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाकीँ रहेको छ ।

यसैबिच पाल्पामा कोरोना मुक्त भएर घर फर्किएका एक २० वर्षीय युवकले आत्महत्या गरेका छन् । भारतको मुम्बईबाट घर फर्केका पाल्पा रम्भा गाउँपालिका–४, हुमिनका ति युवकले लुम्बिनी मेडिकल कलेजको आइसोलेसन कक्षमा १५ दिन बसेर घर फर्केकै दिन आफ्नै घरमा आत्महत्या गरेको वडाध्यक्ष भोजबहादुर विकले बताए । त्यसअघि ति युवकले २८ दिनसम्म विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । उनले आफ्नै घरमा सोमबार राति आत्महत्या गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्