July 7, 2020 320
काठमाडौ, असार २३ -लोकप्रिय गायक तथा मोडल दुर्गेश थापामाथि गीत चोरी गरेको आरोप लागेको छ । उनले हालै मात्र बजारमा ल्याएको नयाँ ‘बीच्च बीच्चमा २’ बोलको गीतमा आरोप लागेको हो ।
बिहिबार युट्युबमा सार्वजनिक भएको यस गीतमा लोककवि अली मियाँको ‘आकाशमा बादलु डम्मै छ’ बोलको गीतसँग मिल्न गएकाले चोरीको आरोप लागेको बताइएको छ ।
‘आकाशमा बादलु डम्मै छ’ बोलको गीतमा लोककवि अली मियाँ र हरिदेवी कोइरालाको स्वर रहेको छ । यसअघि पनि दुर्गेश ‘ह्याप्पी तिहार’ बोलको गीतबाट विवादमा आएका थिए ।
प्रतिकृया दिनुहोस्