Thursday, October 29

टिकटकसहितका चिनियाँ एप प्रतिबन्ध गर्नेबारे सोच्दैछौं: अमेरिकी विदेशमन्त्री

July 7, 2020 76

अमेरिकाले टिकटकसहितका चिनियाँ एपहरू प्रतिबन्ध गर्ने तयारी गरिरहेको बताएको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले फक्स न्युजसँगको अन्तर्वार्ताका क्रममा  टिकटकलगायत चिनियाँ एपमाथि प्रतिबन्ध लगाउनेबारे आफूहरूले सोचिरहेको बताएका हुन्।

अमेरिकी सांसदहरूले प्रयोगकर्ताको डाटा ह्यान्डिलिङ गर्ने टिकटकको मोडलले अमेरिकी राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने आवाज उठाउँदै आएका छन्।

कोरोनाभाइरसको व्यवस्थापन, हङकङमा बेइजिङले लगाएको राष्ट्रिय सुरक्षा कानुन र व्यापार युद्धले अमेरिका-चीन सम्बन्ध निरन्तर चिसिइरहेका बेला विदेशमन्त्री पोम्पेओको यस्तो अभिव्यक्ति आएको हो।

चीनको बाइटडान्स कम्पनी मातहतको टिकटकलाई केही दिन पहिला भारतले पनि प्रतिबन्ध लगाएको थियो। गल्वान उपत्यकामा चिनियाँ सैनिकसँगको झडपमा परी आफ्ना २० जना सैनिक मारिएपछि भारतले टिकटकसहित ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो।

प्रतिकृया दिनुहोस्