Monday, March 8

दमौलीमा ३२ सङ्क्रमित निको भएर फर्किए

July 6, 2020 157

दमौली : आदिकवि भानुभक्त क्याम्पस स्थित आइसोलेसनबाट एकै साथ ३२ संक्रमित निको भएर घर फर्किएका छन् । आइसोलेसनमा रहेका ३८ जनामध्ये ३२ जनाको दोश्रो चरणको नतिजा पनि नेगेटिभ आएसँगै उनीहरुलाई घर पठाइएको हो ।

निको भएर घर जानेमा २९ जना पुरुष र ३ जना महिला रहेका छन् । सोही टोलीमा पठाइएको नमुनामध्ये ६ जनाको भने दोश्रो चरणको नतिजा पोजिटिभ  देखिएको छ । पोजिटिभ देखिएका ६ जनालाई थप एक हप्ता आइसोलेसनमा राखी पुन: तेश्रो चरणको परीक्षण गरिने व्यास नगरपालिकाका जन स्वास्थ्य अधिकृत प्रमोद सोतीले जानकारी दिए ।

घर फर्किनेमा ऋषिङ्ग गाउँपालिकाका १८ जना, व्यास नगरपालिकाका ५ जना, म्याग्दे गाउँपालिकाका ६ जना र भानु नगरपालिकाका ३ जना रहेका छन् । उनीहरु एकै साथ घर फर्किए लगतै आइसोलेसनमा बस्नेको संख्या ११ पुगेको छ। एकैपटक ३२ जना सङ्क्रमित निको भएसँगै तनहुँमा निको हुनेको संख्या ६७ पुगेको छ ।

प्रतिकृया दिनुहोस्