Monday, March 8

ब्राजिलमा कोरोना संक्रमित १६ लाख नाघे

July 6, 2020 164

२२ असार, काठमाडौ । ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या १६ लाख नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ लाख तीन हजार ५५ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा २६ हजार ५१ नयाँ संक्रमित फेला परेका हुन् ।

त्यस्तै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि ६४ हजार ८६७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा कोरोना भाइरसबाट ६०२ जनाको मृत्यु भएको हो । ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोले बार, रेष्टुरेन्ट, ब्युटी पार्लर, सैलुन सोमबारदेखि खोल्ने तयारी गरिरहेको अवस्थामा ब्राजिलमा कोरोना भाइरसका संक्रमितको संख्या १६ लाख नाघेको हो ।

रियो दि जेनेरियोमा पनि बार र रेष्टुरेन्ट खुलिसकेको छ । ब्राजिल अमेरिकापछि कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित हुने मुलुक हो ।

प्रतिकृया दिनुहोस्