Thursday, October 29

काठमाडौंमा २७ सहित थप २ सय ९३ जनामा कोरोना, संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुग्यो

July 5, 2020 177

काठमाडौँ — काठमाडौंमा २७ सहित थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २ सय ९३ जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् ।उनले नेपालमा संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको बताए ।

प्रतिकृया दिनुहोस्