Wednesday, November 25

जापानमा भीषण बाढी-पहिरो, १५ जनाको मृत्यु

July 5, 2020 139

एजेन्सी- जापानको दक्षिणी क्षेत्रमा रहेको आइल्याण्ड क्युशुमा लगातारको वर्षापछि आएको बाढी तथा पहिरोमा परी १५ जनाको मृत्यु भएको जनाइएको छ ।

बाढी तथा पहिरो जाँदा अन्य ९ जना बेपत्ता छन् ।

आइल्याण्डमा रहेको केयर होमलाई बाढी तथा पहिरोले क्षति गरेको हो । बाढीले डुबेको एउटै केयर होमबाट १४ जनाको शव निकालिएको जनाइएको छ ।

यस्तै अरुहरुलाई भने पहिरोले बगाएको हो । स्थानीय अधिकारीले दुई लाख भन्दा बढी मानिसलाई सो क्षेत्रबाट सुरक्षित स्थानमा सार्न नर्देशन दिएका छन् ।

उद्धारकर्मीलाई सहयोग गर्नका लागि १० हजार सुरक्षाकर्मी पठाइएको जापानका सञ्चारमाध्यमले जनाएका छन् ।

आइतबार दिनभर र राति पनि भारी वर्षा हुने मौसमविदले बताएका छन् । प्रधानमन्त्री शिन्जो आबेले सुरक्षा सतर्कता अपनाउन समेत आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्