Tuesday, October 20

ब्रिटिश आर्मीमा नेपाली जुम्ल्याहा एकसाथ भर्ती

July 4, 2020 154

पोखरा। ब्रिटिश गोर्खा सैनिकमा दुई नेपाली दाजुभाइ भर्ती भएका छन् । भोजपुर ट्याम्के मैयुङ गाउँपालिका– गागनेका दाजुभाइ एकसाथ भर्ती भएका हुन् ।

पोखरामा भएको भर्ना छनौट चरण पार गर्दै दाजु धैर्यशील राई र भाइ क्रियाशील राई एकसाथ गोर्खा भर्ती भएका हुन् । दाजु धैर्यशील बीबीए सातौं सेमेष्टर र क्रियाशील बीबीएस दोस्रो वर्षमा पढ्दै थिए ।

धैर्यशील र क्रियाशीलका बुवा शिवकुमार भने छोराहरुलाई नेपाल सरकारकै अधिकृत बनाउन चाहन्थे । छोराहरु भर्ती भएर जाउन भन्ने नलागेको बताउँदै शिवकुमारले उनीहरुले आफ्नो इच्छा पूरा गरेकाले त्यसमा आफू खुशी भएको बताए ।

शिवकुमारका दाइ परिवारसहित बेलायतमै छन् । २१ वर्षीय जुम्ल्याहा दाजुभाइले लामो समयदेखि काठमाडौंकै क्लासरुपमबाट तालिम लिएका थिए ।

यसपटक ब्रिटिश गोर्खा सैनिकमा अहिलेसम्मकै बढी संख्यामा भर्ना लिएको छ । ५४ जिल्लाका २३ जातजातिकाट ४३२ जना युवा भर्ती भएका छन् ।

प्रतिकृया दिनुहोस्