Sunday, October 25

शनिबार नेपालमा कोरोनाको कारण २ जनाको निधन, मृतक ३४ पुगे

July 4, 2020 256

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गोरखाको पालुङटारका १ र रुपन्देहीका १ जनाको कारोनाका कारण मृत्यु भएको हो ।

मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गोरखाको पालुङटार ७ का ४४ वर्षिय पुरुषको आज विहान उपचारका क्रममा मृत्यु भएको हो ।

असार १७ गते कतारबाट आएका उनी पालुङटारकै क्वारेन्टिनमा बसेका थिए । १८ गते स्वाव संकलन गरी कोरोना परीक्षण गरिएकोमा हिजो पोजेटिभ देखिएको थियो । उनी मधुमेहका दिर्घरोगी रहेको भएको र निमोनिया देखिएपछि गोरखा अस्पतालमा भर्ना गरिएको थियो ।

यस्तै रुपन्देही देबदहका ७५ वर्षका वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए । क्षयरोगका विरामी उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा उनको असार १८ गते मृत्यु भएको हो । असार १८ गते मात्रै कोरोना पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

शनिबार नेपालमा २ सय ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ४ सय ९१ जना पुगेको छ ।

प्रतिकृया दिनुहोस्