Wednesday, October 21

गण्डकी प्रदेशमा आज फेरी थपिए ३२ संक्रमित, संक्रमितको संख्या १०६३ पुग्यो

July 3, 2020 142

पोखरा, १९ असार । एकाबिहानै गण्डकी प्रदेशमा थप ३२ जना कोरोनाका बिरामी फेला परेका छन् । प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा थप ३२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

जसमध्ये नवलपरासी पूर्वका १९ जना, तनहुँका ९ जना, पर्बतका ३ जना र बाग्लुङका एक जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायले जनाएको छ ।

आज थपिएका ३२ जना सहित गण्डकीमा कुल संक्रमितको संख्या १०६३ पुगेको छ । आज थपिएका संक्रमितहरुलाई आईसोलेशनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माले जानकारी दिए । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रतिकृया दिनुहोस्