Friday, October 23

२७५ क्षमता भएको नेपाल एयरलाइन्स जापानबाट ६ जना मात्र यात्रु टिपेर फर्कँदै

June 12, 2020 411

काठमाडौँ – सरकारले विदेशबाट अप्ठेरोमा परेका नेपालीलाई स्वदेश फर्काइरहेका बेला कतिपय देशमा पुगेका नेपाली एयरलाइन्सहरु रित्तै फर्किइरहेका छन्। बिहीबार विमान भरेर त्रिभुवन विमानस्थलबाट जापानको नारिता उडेको नेपाल एयरलाइन्स फर्कँदा रित्तैजस्तै आउँदै छ। विमानस्थल स्रोतका अनुसार साढे २ बजे नेपाल आईपुग्ने उक्त विमानमा ६ जना यात्रु छन्। यसअघि गत साता नेपाल एयरलाइन्सले जापानबाट ७ जना यात्रु लिएर आएको थियो। त्यतिबेला पनि नेपाल एयरलाइन्सले विमान भरि यात्रु लिएर नेपालबाट नारिता पुगेको थियो।

सोही साता नेपालबाट यात्रु लिएर अस्ट्रेलिया पुगेको नेपाल एयरलाइन्स केवल ११ जना यात्रु लिएर फर्किएको थियो। सरकारले राम्रोसँग समन्वय नगर्दा विमानहरु रित्तै फर्किइरहेका छन्। तीनै देशबाट फर्कन चाहने नेपालीका लागि सरकारले महँगो टिकट शुल्क निर्धारण गरेको छ। विमान रित्तै गएर यात्रु ल्याउनुपर्ने हुँदा टिकट शुल्क महँगो भएको सरकारको भनाई छ।

प्रतिकृया दिनुहोस्