Sunday, January 24

त्रिवि शिक्षण अस्पतालमा उपचाररत् कोरोना संक्रमित ४५ दिने शिशुको मृत्यु

July 2, 2020 171

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत् ४५ दिने शिशुको मृत्यु भएको छ।

ती शिशुमा कोरोनाभाइरसको संक्रमण थियो। त्रिवि शिक्षण अस्पतालका निर्देशक रोहित पोखरेलका अनुसार बुधबार साँझ शिशुको मृत्यु भएको हो।

‘श्वासप्रश्वासमा समस्या भएपछि शिशुको मृत्यु भएको हो’, उनले भने।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ। अहिलेसम्म ज्यान गुमाएकाहरू मध्ये उनी सबैभन्दा कम उमेरका संक्रमित हुन्।

प्रतिकृया दिनुहोस्