July 2, 2020 193
१८ असार । कोरोना संक्रमित डेढ महिनाको शिशुको उपचारका क्रममा मृत्यु भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका उनमा शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।उनको बुधबार साँझ मृत्यु भएको त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक सन्तकुमार दासले जानकारी दिए ।
उनको बुबा, आमा र फुपुमा कोरोना संक्रमण परीक्षण गर्न नमुना संकलन गरी पठाइएको छ ।
म्याग्दी घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेका थिए ।
प्रतिकृया दिनुहोस्