Friday, October 23

आज भर्खर रोपेको धान सलह किरा आएर सखाप

July 2, 2020 240

आईतवार साँझ कपिलवस्तुका बिभिन्न पालिकामा देखिएका करौडौ संख्याको झुन्डका सलहले जिल्लाका बिभिन्न पालिका रहेका धान बाली, तरकारी, मकै लगायतका बालीनाली सखाप पारेका छन् ।

शनिवार साँझ सलहका झुन्ड जिल्लाका शिवराज नगरपालिका, कपिलवस्तु नगरपालिका, बुद्ध्भुमी, शिवराज नगरपालिका र बिजयनगर नगरपालिका बिभिन्न स्थानमा बास बसेका थिए । आईतवार बिहानदेखि नै पानी परेकोले बोट बिरुवमामा बसेका सलह दिउँसो फेरी उठ्न थालेका छन् । झुन्ड अर्घाखाँची, दाङ र प्युठान तर्फ लागेका छन् ।

आईतवार साँझदेखि सोमवार दिउँसोसम्म बोट बिरुवामा बसेका सलहले बालीनाली सखाप पारेको कृषि ज्ञान केन्दैले जनाएको छ । ज्ञान केन्द्र अनुसार कपिलवस्तु नगरपालिका– ६ बमैली टोल, ब्द्ध्भुमी नगरपालिका– १० धनकौली, शिवराज नगरपालिका वडा नम्बर ३ र ११ तथा बिजयनगरका केही गाउँहरुमा रहेका बालीनाली सखाप पारेका छन् । ज्ञान केन्द्रका प्रमुख रामचन्द्र आर्याले आईतवार साँझ झुन्डमा रहेको सलह उत्तरी क्षेत्रमा लागेकोले बाली नालीमा त्यति क्षति नभएको दाबी गरे । उनले बास बसेको स्थानमा भने बालीनालीलाई ठूलो क्षति पुर्‍याएको उनले बताए ।

यधपि क्षतिको बिवरण भने अझै आइृ नसकेको उनले बताए । ‘सलहले बाली नालीमा नोक्सान भएका कुरा कृषकहरुले फोन मार्फत जानकारी दिएका छन् तर बिवरणहरु यकीन भएको छैन ’ उनले भने । आईतवार र सोमबोर गरी कपिलवस्तु नगरपालिका– ६ बर्मेली तथा बुद्धुभुमी नगरपालिका– १० धनकौलीमा कृषकहरुले लगाएका तरकारी सखाप पारेको तरकारी जोनका संयोजक मुस्कान केबटले बताए ।

कपिलवस्तु नगरपालिका वडा नम्बर ६ बर्मेली र बुद्धुभमीको धनकौलीमा गरी कृषकहरुले लगाएका ढेड सय हेक्टर तरकारी खेती नष्ट गरको उनले बताए । बोडी खिरम्ला, काक्रो लागततका तरकारीमा ठूलो क्षति पुगेको केबटले बताए । बुद्धभूमि-४ किलौलीका कृषकको मकै बालीमा समेत सलहले क्षति पुर्‍याएको छ ।

भाँच्ने बेला भएको मकैको घोगासमेत खाएर क्षति गरेको कृषक विष्णुप्रसाद भुसालले बताए । यस्तै शिवराज नगरपालिका वडा नम्बर ३ र ११ मा समेत तरकारी र भर्खर रोपेको धानमा सहलले क्षति पुर्‍याएको कृषक लालु खनालले बताए । उनले आफुले खेतमा लगाएका धान सहलले पुरै सखाप पारेको गुनासो गरे । शिवराज नगरपालिकामा दिउँसो ३ बजेसम्म सलह देखिएको थियो ।

प्रतिकृया दिनुहोस्