Monday, November 23

थप ४८२ जनामा को’रोना संक्रमण पुष्टि, जम्मा संक्रमितको संख्या १४०४६ पुग्यो

July 1, 2020 175

काठमाडौं:पछिल्लो २४ घन्टामा नेपालमा थप ४८२ जनामा को’रोना भाइरसको संक्र’मण भेटिएको छ। जस मध्ये ३६५ जना पुरुष र ११७ जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४८२ जनामा को’रोना सं’क्रमण पुष्टि भएको जानकारी दिएका छन । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या १४०४६ पुगेकाे छ ।आज बुधबार अपरान्हको प्रेस ब्रिफिंगमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ४८२ जना को’रोना संक्रमित थपिएको बताएका हुन्।

विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा को’रोना पोजेटिभ देखिएको हो । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट ४ लाख ८ सय ८६ जनाको नमुना परीक्षण गरिएको छ । अहिलेसम्म जम्मा सं’क्रमित मध्ये ४६५६ जना निको भएका छन्। नेपालमा पहिलो पटक माघ १० मा चीन बाट आएका नेपाली विद्यार्थीमा को’रोना पुष्टि भएको थियो। पछिल्लो समय को’रोना संक्रमण न्यूनीकरणका लागि लक डाउन गरिए पनि संक्रमित भने थपिने क्रम तीव्र बनेको छ।

प्रतिकृया दिनुहोस्