Tuesday, November 24

नेपालमा आज एकैदिन १४६२ जना कोरोनालाई जितेर घर फर्किए

July 1, 2020 295

काठमान्डौ , नेपालमा आज एकै दिन १४६२ जना कोरोनालाई जितेर घर फर्किएका छन ।स्वस्थ्यमंत्रलायाका प्रबक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार उनीहरु देशका विभिन्न अस्पतालमा उपचार पछी कोरोनालाई जितेर घर फर्किएका हुन् ।हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि ४ हजार ६ सय ५६ जना डिस्चार्ज भएका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज संक्रमित हुनेमा ११७ जना महिला र ३६५ पुरुष रहेका छन्।

योसँगै नेपालमा कुल संक्रमितको संख्या १४ हजार ४६ जना रहेका छन्।बुधबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८२ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।

प्रतिकृया दिनुहोस्