Sunday, October 25

बिहेको दुइ दिनमै सिन्दुर पुछियो, जन्ती गएका ५१ जनामा कोरोना संक्रमण

June 30, 2020 271

१६ असार, काठमाडौं । नेपालमा भन्दा एक दिन ढिलो गरी भारतमा लागू लकडाउन जारी नै छ ।भारतमा पनि सरकारले भिडभाड नगर्न आग्रह गरि नै रहेको छ ।

तर अटेर गरेर बिहे गर्दा बिहेकै २ दिनमा एक युवती बिधवा बनेकी छन् । यो खबर भारतको विहार राज्यको पटनाको हो ।कोरोना भाइरसको जस्तो लक्षण देखिएका ३० वर्षीया बेहुलाको विवाह भएको दुई दिनपछि मृत्यु भएको छ ।भारतीय सञ्चारमाध्यमहरुका अनुसार गत जुन १५ मा सफ्टवेयर इन्जिनियरसमेत रहेका ३० वर्षीय एक युवकको विवाह भएको थियो ।विवाह भएको दुईदिनपछि नै उनको मृत्यु भएको थियो । उनलाई कोरोना भाइरससँग मिल्दो लक्षणहरु पनि देखिएका थिए ।

तर, परिवारले अधिकारीहरुलाई खबर नै नगरी अन्त्येष्टि गरेका थिए ।यो घटनाको पुष्टि गर्दै पटनाका डिस्ट्रिक मेजिस्ट्रेट (डीएम) कुमार रविले विवाहपछि बेहुलाको मृत्यु भएको सूचनासहितको फोन आएको सूचना आएको बताए ।उनका अनुसार बेहुला गुरुग्रामबाट आएका थिए र उनमा कोरोना भाइरससँग मिल्दो लक्षण देखिएको थियो ।

तर, पनि परिवारले उनको कोरोना भाइरस परीक्षण गर्नुको सट्टा विवाह गरिदिने निर्णय गरे ।विवाहपछि उनको अवस्था झन् खराब हुँदै गयो र पटनाको अस्पतालमा लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको थियो ।प्रहरीका अनुसार यो घटना आजमगढको छतरपुर ग्रामसभाको हो । स्थानीय प्रशासनले पूरै गाउँलाई शिल गरेको छ र सो क्षेत्रलाई स्यानिटाइज गरिएको छ।

प्रतिकृया दिनुहोस्