Thursday, May 28

‘कोरोना भाइरस पोजिटिभ’ लेखेकै देखेपछि मृ-त्यु ढोकैमा आएर उभिएजस्तो अनुभूति भयो’

April 18, 2020 147

हरि खनाल – मेरो सिंगो परिवार कोभिड संक्रमणमा आएको विश्वास मलाई त्यतिखेर भयो, जब सबैभन्दा तन्दुरुस्त मेरी श्रीमतीको जाँच गराउँदा ‘पोजिटिभ’ रिजल्ट आयो । परिवारका हामी सबै टाउको दु-ख्ने र खोकी लाग्ने अनि ज्व-रो आउने समस्यामा थियौं ।

अमेरिकाको स्प्रिङ्ग फिल्डमा रहेर यी हरफहरु लेखिरहँदा विश्वमा कोरोना भाइरसले झण्डै डेढ लाख नागरिकको ज्या-न लिइसकेको छ, लाखौं संक्रमितजीवन बाँच्ने संघर्षमा छन् । यसलाई अदृश्य शत्रुसँगको तेस्रो विश्वयु-द्ध भनेपनि हुन्छ । जेहोस्, यस विश्वयु-द्धबाट मेरो परिवार आजसम्म सकुशल छ । यद्यपि हामीलाई यसले आफ्नो संक्रमणमा लिइसकेको छ । हामीले आफूलाई भाग्यमानी ठान्नुपर्छ, मेरो परिवारले कोभिड–१९ संगको यु-द्ध जितेरै छोड्यो ।

म र मेरी श्रीमती यशोदा स्थानीय अस्पतालमा जागिर खान्छौं । अरू बेलाजस्तै त्यस दिन पनि नियमित रूपले काममा गइरहेका थियौ। कुरा गत २७ मार्च, शुक्रबार बेलुकीको हो, कामबाट घर फर्किएसंँगै मलाई हल्का घाँटी ख’स्खसाउन थाल्यो र खोकी पनि लाग्यो। शनिबार र आइतबार अर्थात मार्च २८ र २९ मेरो नियमित बिदा परेको हुँदा छोराछोरीहरूसंँग घरमै आराम गरेर बसें। श्रीमती यशोदा भने शनिबार र आइतबार दुवै दिन काममा थिइन्।

मलाईभने कम्मरभन्दा मुनिको भाग कर–कर दु’खिरहेको र भतभती पोलिरहेको थियो। श्रीमती यशोदाले पनि आइतबार बेलुकी कामबाट फर्किएपछि त्यसरी नै जीउ दु’खेको र पोलेको कुरा सुनाउदा मेरो मनमा शंका बढेर गयो।

उता सोही दिन राती मेरी ८ वर्षीया छोरीलाई अत्यधिक ज्व’रो आयो। १४ वर्षीय छोराले पनि सोमबार अर्थात् मार्च ३० को बिहान दुवै आँखाको तल र माथिको भाग अनि छातीसमेत दु’खेको कुरा बतायो । मेरो घरमाथि सिंगै पहाड खसेर हामीलाई पुरेको जस्तो लाग्यो । म शारीरिकभन्दा पनि मानसिक रुपले वि’चलित भएँ । खासगरी दुवै छोरा–छोरीमा देखिएको विमारीको संकेतले मलाई कमजोर पारेको थियो ।

मैले सोही दिन बिहान करिब १० बजेतिर नानीहरूकै चिकित्सकसँग सम्पर्क गरी ज्व’रो र दु’खाई कम गर्ने औ’षधी दिन अनुरोध गरें। चिकित्सकको सुझाव अनुसारनै फार्मेसीबाट औ’षधी ल्याएर नानीहरूलाई खान दिएँ, औ’षधीले ज्वरो र दु’खाई कम गर्न राम्रैसँग सहयोग ग¥यो । आवश्यकताअनुसार दुवै छोरा–छोरीलाई औ’षधी खुवाई रह्यांै, अप्रिल १ सम्ममा दुवै छोरा–छोरीका लगभग सबै लक्षणहरू हराएर गए ।

तर, हामी श्रीमान–श्रीमतीलाई भने जीउ दु’ख्ने र पोल्ने कुराले सताइनै रहेको थियो। यतिकैमा हामीले पनि मार्च ३१, मंगलबारका दिन दिउँसो फोन सम्पर्क गरी आफ्ना चिकित्सकसँग सबै कुरा राख्यौं र लक्षणहरूको बारेमा परामर्श ग¥र्यौं। सबै कुरा सुनेपछि चिकित्सकले हामीलाई कोभिड–१९ सम्बन्धी मार्गदर्शनको पूर्ण पालना गरी घरमै सेल्फ क्वारेन्टाइनमा बस्न सुझाव दिए ।

चिकित्सकले यशोदालाई उनी काम गर्ने अस्पतालले कोभिड– १९ को परीक्षण गर्छ कि भनेर सोध्नसमेत सुझाएको हुँदा सोही दिन सम्पर्क गरी उनको परिक्षणसमेत गरियो। त्यसको भोलिपल्ट १ अप्रिलको दिन परीक्षणको नतिजा आयो । हामी मानसिक रुपले तयारै थियौं, तरपनि ‘कोरोना भाइरस पोजिटिभ’ लेखेकै देखेपछि मृ-त्यु ढोकैमा आएर उभिएजस्तो अनुभूति भयो ।

अस्पतालले अरुलाईजस्तै सेल्फ क्वारेन्टाइनमा घरमै बस्न सुझाव दियो । अस्पताल भरिभराउ थियो, त्यहाँ बस्न भनेको भएपनि ईच्छा थिएन । यसको लगतै मैले पुनः छोरा–छोरी र आफ्नो चिकित्सकसँग सम्पर्क गरी श्रीमतीको परिक्षणको नतिजाबारे जानकारी गराउँदा परिवारका अन्य सबै सदस्यहरूको जाँच गर्न पर्याप्त सामग्री नभएको तर सबैले संक्रमित भएकै सरह सेल्फ क्वारेन्टाइनमा बस्नू भनियो । दुवै चिकित्सकले समय–समयमा सम्पर्क गरी लक्षणहरूको बारेमा नियमित जानकारी गराउन सुझाए । हामीले पनि सोहीअनुरूप उनीहरूलाई सम्पर्क गरेर सुझाव लिइरह्यौ।

यस बेला हरेक रात म एकै प्रकारको सपना देख्थें– अँधेरी रातमा अग्लो भीरबाट सपरिवार एकैसाथ अनन्त खाडीमा झरिरहेका हुन्थ्यौं । मलाई आफ्नोभन्दा छोराछोरीको माया लाग्थ्यो । सपनामा पनि म उनीहरुकै लागि त’ड्पि’रहेको हुन्थें ।

मैले क्वारेनटाइनमा रहेकै बेला आत्म–मनोपरामर्श गरें, आफैले आफैलाई सम्झाएँ । म किन बीस–बाईसलाखलाई छोडेर एक लाखतिर केन्द्रित भइरहेको छु ! पञ्चानव्यको ठूलो परिमाण बिर्सेर पाँच प्रतिशतको सानो जमात हेरेर म पनि म’र्छु कि भनेर किन चि’न्तित भइरहेको छु । के मलाई चिन्तले बचाउँछ र, बरु म’र्न सघाउँछ ! मैले मजाले आफैले आफैलाई सम्झाएँ र सम्झिएँ पनि ।

संक्रमणबाट सि’कि’स्त बनेर अस्पताल भर्ना भएका मानिसहरू उपचारपछि घर फर्केर सामान्य जीवन बिताई रहेका हजारौं, लाखौं दृष्टान्तहरूले मलाई ह’तास नबन्न र हरेस नखान उत्साहित गरिरहन्थ्योह्यो। अन्ततस् यही उत्साहले आफ्नो स्वास्थ्यको पनि ख्याल गर्दै र परिवार सदस्यहरूको मनलाई पनि दह्रो बनाउंदै रोगसँग डटेर ल’ड्नु पर्छ भनी सबै डर र त्रा’सलाई फालेर सोहीअनुसार ल’ड्ने पारिवारिक माहोल स्थापित गर्नमा मलाई यशोदाको सहयोगले सफलतामिल्यो । पुरा लेख पढ्नको लागि न्युज अफनेपालडटकममा जानुहोला

प्रतिकृया दिनुहोस्