Tuesday, November 24

थप १ जनामा कोरोना संक्रमण पुष्टि, संख्या ३१ पुग्यो

April 18, 2020 289

काठमाडौं । नेपालमा शनिवार फेरि एक जनामा कोरोना भाइरस सक्रमणको पुष्टि भएको छ। शनिबार १ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनको उमेर ६५ वर्ष भएको समेत मन्त्रालयले जनाएको छ। आज पुष्टि भएका पुरुष भारतीय नागरिक हुन्। उदयपुरको भुल्के मस्जिदमा रहेका १६ जनाको समूहमध्येकै उनी पनि एक हुन्। कोरोना संक्रमण पुष्टि भएका उनको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

यो सँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३१ पुगेको छ। शनिवार २ जना निको भएर घर फर्केका छन्। दुई संक्रमित महिला निको भएर घर फर्केकै दिन शनिबार थप एकमा संक्रमण देखिएको हो। ३१ जनामध्ये तीन जना हालसम्म निको भइसकेका छन् भने २८ जना अहिले विभिन्न अस्पतालमा उपचाररत छन्। हिजो मात्र उदयपुरको मस्जिदमा १२ जना र चितवनका दुई जनामा कोरोना पोजेटिभ देखिएको थियो।

प्रतिकृया दिनुहोस्