Monday, October 26

भुईकटहर खानुका यस्ता छन् चमत्कारी फाईदा

June 29, 2020 232

गर्मी सुरु भएसगै बजारमा देखिने भुईंकटहरले जसको जिब्रो पनि रसाउँछ । यो वास्तवमै निकै उपयोगी फल हो । यो भिटामिन सीले भरपूर हुन्छ र जसले शरीरमा रोग प्रतिरोधक क्षमता बढाउँछ । यसलाई सलाद तथा डेजर्टका रुपमा प्रयोग गर्न सकिन्छ । भुईंकटहरमा भिटामिन सीका अतिरिक्त क्याल्सियम, फाइबर पनि पाइन्छ । यसमा निकै कम मात्रामा चिल्लो पदार्थ हुन्छ । यसमा पाइने इन्जाइमले खाना पचाउन सहयोग गर्छ । काँचो भुईंकटहरभन्दा पाकेको बढी पौष्टिक हुन्छ । यसमा अन्य फाइदा के–के हुन् त ?

१. भुइँकटहरमा ब्रोमेलेन नामक तत्व हुन्छ, जसले सरीरलाई क्यान्सरबाट बचाउन सहयोग गर्दछ ।

२. भुइँकटहरमा पर्याप्त मात्रामा म्याग्नेसियम, क्याल्सियम जस्ता लवण पाइन्छ जसले हड्डीलाई मजबुत राख्नमा सहयोग गर्दछ ।

३. भुइँकटहरमा क्यालोरी कम मात्रामा हुन्छ र यसमा चिनीको मात्रा पनि कम हुन्छ । मधुमेहका रोगीले पनि भुइँकटहरको सेवन गर्नु राम्रो हुन्छ ।

४. मुटु सम्बन्धि विभिन्न रोगबाट ग्रसित मानिसहरुका लागि भुइँ कटहरको सेवन लाभदायक हुन्छ । उच्च रक्तचाप तथा मुटुरोगको जोखिम कम हुनुका साथै रोगीलाई समेत फाइदा हुन्छ ।

५. भुइँ कटहरमा पर्याप्त मात्रामा फाइबर पाइन्छ जसले पाचन क्रियालाई सहज बनाउँछ र खानेकुरा सजिलो सँग उपापचयन हुन्छ । भोक कम गर्ने हुँदा मोटोपना घटाउन समेत भुईकटहरले सहयोग गर्छ ।

६. यसमा हुने प्रोटिनले छालालाई चम्किलो बनाउँछ । भुइँ कटहरले अनुहारका दाग धब्बा तथा चाउरीपना कम गर्न सहयोग गर्छ ।

७. भुइँकटरहमा हुने यी लगायत भिटामिन सी जस्ता तत्वहरुले जिउको रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्न सहयोग पुराउँछ ।

थप फाईदा :

१. तौल कम गर्छ

यसमा प्रशस्त मात्रामा भिटामिन र मिनरल्स पाइन्छ । क्यालोरीको मात्रा पनि कम हुन्छ । यसलाई काटेर खाँदा या जुसको रुपमा पिउँदा सबै खालका पोषक तत्व पाइन्छ र थप क्यालोरी पनि हुँदैंन । यदि तौल कम गर्न चाहनुहुन्छ भने नियमित रुपमा भुईंकटहरको सेवन र हरेक बिहान शारीरिक व्यायाम गर्नुपर्छ । जुसको साटो फल खानाले फाइबर पनि प्राप्त हुन्छ । यसले क्यालोरी कम गर्न र खाना पचाउन मद्धत गर्छ ।

२. हड्डी मजबूत बनाउँछ

यसमा प्रचुर मात्रामा म्याग्नेसियम पाइन्छ । यसले शरीरको हड्डी मजबूत बनाउनुका साथै उर्जा दिन्छ । एक कप भुईकटहरको जुस पिउँदा दिनभर शरीरलाई आवश्यक म्याग्नेसियमको ७३ प्रतिशत मात्रा पूर्ति गर्छ ।

३. सूजन हटाउछ

भुईंकटहरको जुस पिउनाले सूजनमा पनि कमी आउछ । यसमा मिनरल्स, भिटामिन बी, सी, के, फोलेट, कार्बोहाइड्र«ेट, चिल्लो, क्याल्सियम, फोस्फोरस तथा स्वस्थकर इन्जाइम पाइन्छ । यसमा पाइने ब्रोमिलेन शरीर सुन्निने समस्यामा फाइदाजनक हुन्छ ।

४. रोग प्रतिरोधक क्षमता बढाउँछ

यसमा भिटामिन सी तथा बी र सेलेनियम पाइन्छ । यी सबै तत्वले शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउँछ । रोग प्रतिरोधक क्षमता बढ्दा शरीर विभिन्न खालका भाइरसबाट लड्न सक्षम हुन्छ । यसका कारण इन्फेक्सनको सम्भावना पनि कम हुन्छ ।

५. आँखाका लागि फाइदाजनक

भुईंकटहरमा भएको विशेष गुणका कारण आँखाको शक्तिका लागि फाइदाजनक हुन्छ । यसमा पाइने भिटामिन ए आँखाको शक्तिका लागि आवश्यक भिटामिनका रुपमा लिइन्छ । भुईंकटहरमा पाइने एन्टीअक्सिडेन्टले क्यान्सरको खतरालाई पनि कम गर्छ ।

६. डिप्रेसन कम गर्छ

यसमा पोटासियम र सोडियम पनि पाइन्छ, जसले हाइपरटेन्सनलाई पनि कम गर्छ । यदि डिप्रेसनको समस्या छ भने भुईंकटहरको जुस नियमित पिउनाले फाइदा मिल्छ । यसमा भएको इन्जाइमले खाना सजिलै पच्न सहयोग गर्छ ।

अब देखी काँचै खानेकुरा पनि खान थाल्ने हाे कि ? फाइदाहरू यस्ता छन्

खानेकुरा काँचो मीठो हुँदैन । तर, यसको लाभ भने छ । त्यसैले आजभोली दिनहुँ काँचो खानेकुरा लोकप्रिय भएको पाइन्छ । जाडो सयमा त्यति काँचोकचिलो नखाए पनि गर्मी मौसम भने यस्तो खानेकुराका लागि उपयुक्त समय मानिन्छ । गर्मी मौसममा फलफुल र सागसब्जी पनि पर्याप्त पाइन्छन् । काँचो खानेकुरा खाँदा राम्रो तर खानुअघि राम्ररी पखाल्ने वा प्रशोधनका अन्य उपाय अवलम्बन भने गर्नुपर्छ ।

काँचो खानेकुरा खाँदाका फाइदा, यस्ता छन्

१. स्वादिलो हुन्छ

काँचो खानेकुरा कसलाई पो मन पर्दैन र ? बदाम, केरा, किवी फल, सुन्तला, स्याउ, चेरी, स्ट्राबेरी, व्लुबेरी, गाजर, मुला, आप, भुईकटहर, एभोकाडो लगायतका अन्य फलफुल र सागसब्जी निकै स्वादिला हुन्छन् । यसलाई अझै स्वाद थप्न घिउ, मसला, नुन, चिनी जस्तो पकाउँदा प्रयोग गरिने चिज मिसाउनु पर्दैन । अर्थात बढि मेहनत गर्नु पर्दैन ।

२. सुगरप्रतिको मोह घटाउछ

यदि तपाई चिनिप्रतिको मोह नियन्त्रण गर्न सक्नु भएको छैन भने कच्चा खानेकुराले तपाईको समस्या समाधान गर्छ । फलफूल चिनी र ऊर्जा प्रदान गर्ने अन्य पोषणको स्वभाविक प्राकृतिक स्रोत हो ।

३. फ्याट र क्यालोरि थोरै हुन्छ

फलफुल तथा सागसब्जीमा फ्याट र क्यालोरिको मात्रा प्राकृतिक दृष्टिले नै न्यून हुन्छ । कतिपय फलफुलमा त फ्याट नै हुँदैन । तपाई आफ्नो तौल बढेर हैरान हुनुहुन्छ वा मोटोपनबाट मुक्त हुन चाहनुहुन्छ भने निश्चय नै काँचो फलफूल र सागसब्जी सहयोगी सिद्ध हुन सक्छ ।

४. क्यान्सर घटाउँछ

दैनिक भोजनमा फलफुल र सागसब्जी जस्ता धेरै भन्दा धेरै काँचो खानेकुरा मिसाएर खाने बानीले क्यान्सरको खतराबाट जोगाउँछ । काँचो खानेकुरामा प्रशस्त भिटामिन, खनिज, एन्टिअक्सिडियन्ट र पकाइएका खानाको तुलनमा बढी हुन्छ । किनकि पकाएको खानेकुरामा कार्सिनोजेन नामक तत्व हुने भएकोले पकाएको खानेकुराबाट विभिन्न प्रकारका क्यान्सर हुने खतरा हुन्छ ।

५. प्राकृतिक इन्जाइम प्राप्त हुन्छ

काँचो खानेकुरा विभिन्न प्रकारका प्रोटिनको महत्वपूर्ण स्रोत हो, जसले पाचन प्रक्रिया सहज गर्ने, कोलेस्ट्रोल ठीक्क राख्ने र कब्जियतबाट बचाउँछ । यस बाहेक मेटाबोलिज्मलाई तीब्रता दिन पनि यसले सहयोग गर्छ र तौल घटाउँछ ।

६. वातावरण मैत्री

वातावरणलाई संरक्षण गर्न चाहनुहुन्छ रु हरेक दिन धेरै भन्दा धेरै कच्चा खानेकुरा खानुहोस् । कच्चा खानेकुराले थोरै मात्रामा कार्वनडाइअक्साईड उत्सर्जन गर्छ । त्यसलाई पकाउन तपाईलाई ऊर्जा आवश्यकता पर्दैन । कच्चा खानेकुरलाई प्याक गर्न वा वोतलमा राख्न पर्दैन । यसले प्रदूषण वा फोहरलाई रोक्न पनि सहयोग गर्छ ।

प्रतिकृया दिनुहोस्