Tuesday, October 27

सर्लाहीका १४ वर्षीय बालकलाई कोरोना पोजेटिभ देखियो

April 18, 2020 805

सर्लाही- यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा सर्लाहीमा एक जनामा कोरोनाको संक्रमण देखिएको छ ।

सर्लाहीको क्वारेन्टाइनमा रहेका ६५ जनालाई र्‍यापिड टेष्ट गर्दा एक जनामा पोजेटिभ देखिएको बताइएको छ ।

सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक १४ वर्षीय बालकलाई शुक्रबार साँझ आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारीले पुष्टि गरे ।

कोरोना पोजेटिभ देखिएका उक्त बालकको थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको प्रजिअले बताए ।

उनीसँगै क्वारेन्टाइनमा रहेका एक अर्का व्यक्तिलाई र्‍यापिड टेष्ट गर्दा नेगेटिभ देखिए पनि थप परीक्षणका लागि उनलाई पनि जनकपुर पठाइएको उनले जानकारी दिए ।

कोरोना पोजेटिभ देखिएका ती बालक चैत २३ गते भारतको राजधानी दिल्लीबाट आफ्नो गाउँ धनकौल आएका थिए ।

भारतबाट आएको जानकारी सुरक्षाकर्मीलाई थाहा भएपछि ती बालकलाई आफ्नो घर नपुग्दै क्वारेन्टाइनमा राखिएको थियो ।

प्रतिकृया दिनुहोस्