काठमाडौं । कोरोना फैलन नदिन नेपाल भारत लगायत धेरै मुलुकले लकडाउनको नीति अवलम्बन गरेका छन् । लकडाउनकै क्रममा विभिन्न घटना पनि सार्वजनिक भएका छन् ।
हालै भारतमा लकडाउन उ’ल्ल’घन गरेको आरोपमा पक्राउ परेका बाउछोराको निधन पछि अहिले ह’गामा भएको छ । भारतको तमिलनाडुमा पक्राउ परेका बुवा र छोराको प्रहरी हिरासतमा निधन भएको हो । सो घटना पछि सर्वसाधारण निकै आ’क्रो’शित भएका छन् ।
५८ वर्षका के पी जयराज र ३८ वर्षका उनका छोरा बेनिक्सलाई लकडाउन उ’ल्ल’घन गरेको अभियोगमा पक्राउ गरीएको थियो । उनीहरुले आफ्नो पसल सञ्चालन गरेका थिए । प्रहरीले पसलमै गएर बाउ छोरालाई लिएर गएको थियो । तमिलनाडुमा अहिले पनि लकडाउन छ तर यहि समयमा स्थानियको आ’क्रोश’का कारण ह’गामा भएको छ ।
जयराज र बेनिक्सलाई प्रहरी हिरासतमा राखिएको थियो । दुई दिनपछि दुबैको निधन भयो । दुबैको निधनकाबीच केहि घण्टाको मात्रै अन्तर भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
जयराज र बेनिक्सका आफन्तले हिरासतमा दुबैलाई या’तना दिइएका कारण निधन भएको आरोप लगाएका छन् । यो घटना भारतको पहिलो घटना भने होइन । यस अघि पनि प्रहरी हिरासतमा यस्ता घटना भएका छन् । जसका कारण प्रहरी प्रशासन प्रति स्थानियवासी आ’क्रो’शित छन् ।
जयराज थुतुकुडी तुतीकोरिन जिल्लाको सतानकुलमका निवासी थिए । सतानकुलममा उनका छोरा बेनिक्सको एपिजे मोबाइल्स नामको एउटा सानो मोबाइल पसल थियो । शुक्रबार १९ जूनमा जब प्रहरी यो इलाकामा पसल बन्द गर्न आइपुगे तब बेनिक्सको उनीहरुसँग बहस भएको थियो ।
त्यसपछि सतानकुलम प्रहरीले बेनिक्स र उनका पिताविरुद्ध एफआइआर दर्ता गरेका थिए त्यसपछि जयराजलाई प्रहरी स्टेशन पुर्याइयो । बुवाका पछिपछि बेनिक्स पनि प्रहरी स्टेशन पुगे र उनलाई पनि बुवासँगै हिरासतमा राखियो ।
प्रतिकृया दिनुहोस्