Tuesday, October 27

कोरोना : काठमाडौं उपत्यकामा पनि थपिए १ संक्रमित

June 28, 2020 115

पछिल्लो २४ घण्टामा विभिन्न स्थानसँगै काठमाडौं उपत्यकामा पनि थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार ललितपुरमा एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

ललितपुरस्थित पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्