Sunday, January 24

नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण, कुल संख्या १२ हजार ७७२ पुग्यो

June 28, 2020 159

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आइतवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ४ सय ६३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

संक्रमितमध्ये ३ हजार १३ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस्, कुन जिल्लामा कति थपिए ?

बाजुरा    ९५
महोत्तरी    ५६
गुल्मी    ३८
प्युठान    ३५
दाङ    ३४
नवलपुर    ३१
बाग्लुङ    २९
कैलाली    १७
मोरङ    १७
रौतहट    १७
डोटी    १३
रुपन्देही    १२
धनुषा    १०
कपिलवस्तु    ८
उदयपुर    ६
अर्घाखाँची     ६
तनहुँ    ६
कास्की    ५
खोटाङ    ४
झापा    २
दोलखा    २
पर्वत    २
सल्यान     २
म्याग्दी    २
पाल्पा    २
इलाम    १
सुनसरी    १
डडेल्धुरा    १
दार्चुला    १
गोरखा    १
सर्लाही    १
सिन्धुपाल्चोक    १
धादिङ    १
ललितपुर    १
लमजुङ    १
रोल्पा    १
रुकुम पश्चिम    १

पछिल्लो २४ घण्टामा १ सय ७९ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्