Monday, March 8

१ सय १४ वर्ष रहेको वृद्ध कोरोना परास्त गर्न सफल…!

June 28, 2020 268

एजेन्सी १३ असार : सय वर्ष भन्दा बढी उमेर रहेका एक जना पुरुष कोरोना भाइरस संक्रमणलाई परास्त गर्न सफल भएका छन्। उपचारमा संलग्न डाक्टरहरुले उनी निको भएपछि खुशी र आश्चर्य व्यक्त गरेका छन् ।

उनको उमेर १ सय १४ वर्ष रहेको र उनी विश्वकै सबैभन्दा पाको उमेरका मानिसका रुपमा रहेको उनको परिवारले दावी गरेका छन् । उनको नाम अवा तिलाहुन वोल्डेमाइकल रहेको परिवारले जनाएको छ ।

तर, उनको जन्म दर्ता प्रमाणपत्र नभएको कारण उमेर यकिन गर्न अप्ठ्यारो रहेको जनाइएको छ । इथोपिया राजधानी अद्दिस अवावामा गरिएको कोरोना परिक्षण अभियानको क्रममा उनी पोजिटिभ भएको फेला परेको थियो ।

चौंध दिन लामो उपचारको क्रममा उनलाई सात दिन जति अक्सिजन दिइएको थियो । इथोपियामा कोरोना संक्रमितको संख्या पाँच हजार पुगेको छ भने मृत्यु हुनेको संख्या ८१ पुगेको छ।

प्रतिकृया दिनुहोस्