Friday, February 26

‘कोही पनि हिंडेर गाउँ जान पाउँदैन, खानै नपाएको हो भने सरकारले खानेकुरा दिन्छ’ – प्रधानमन्त्रि

April 18, 2020 967

प्रधानमन्त्री केपी ओलीले काठमाण्डु उपत्यकाबाट कसैलाई पनि हिंडेर गाउँ जान नदिन निर्देशन दिएका छन् । मन्त्रीहरुलाई शुक्रबार बालुवाटार बोलाएर उनले लकडाउन भनेपछि लकडाउन हो भन्दै अत्वायश्यक बाहेक कसैलाई घरबाहिर निस्कन नदिन निर्देशन दिएका हुन् ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले अलपत्र परेकालाई स्थानीय तहसँगको समन्वयमा गाउँ जान दिने प्रस्ताव लगेकामा प्रधानमन्त्रीले ठाडै अस्वीकार गरे ।

एक मन्त्रीका अनुसार हिंडेरै गाउ जानेप्रति प्रधानमन्त्री ओली कडा रुपमा प्रस्तुत भए । ‘लकडाउन भनेपछि लकडाउन हुनुपर्छ’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘कोही पनि हिंडेर गाउँ जान पाउँदैन, खानै नपाएर गएको हो भने देशमा सरकार छ, सरकारले खानेकुरा दिन्छ ।’

उपत्यकामा खानेकुराको अभाव भएको भन्दै दैनिक ज्याला मजदुरी गर्नेहरु हिंडेरै घर गइरहेका समाचार आउन थालेपछि सरकारको टाउको दुःखाइको विषय बनेको छ । त्यसरी हिंडेकाहरुले बाटोमा खाना नपाएको गुनासो पनि बढेको छ ।

प्रतिकृया दिनुहोस्