Saturday, February 27

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड, साढे ५४ लाख व्यक्ति निको भएर घर फर्के

June 28, 2020 198

काठमाडौं, असार १४ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड नाघेको छ । वर्ल्डोमिटर डट इन्फोका अनुसार संक्रमितको संख्या एक करोड नाघेको छ भने मृतकको संख्या पनि पाँच लाख नाघेको छ । त्यस्तै साढे ५४ लाख व्यक्ति निको भएर घर फर्केका छन् ।५७ हजार व्यक्ति भने गम्भीर अवस्थामा रहँदा ४१ लाखभन्दा बढीमा कोरोनाको विषाणु सक्रिय रहेको छ ।

अमेरिकामा २५ लाख ९६ हजार व्यक्ति संक्रमण रहेको भने १ लाख २८ हजार व्यक्तिको मृत्यु भइसकेको छ । त्यस्तै ब्राजिलमा १३ लाख १५ हजार संक्रमित भन् भने १७ हजारको ज्यान गएको छ । तेस्रो स्थानमा रहेको रुसमा ६ लाख २७ हजार पुग्दा मृतक भने नौं हजार पुगेको छ । भारतमा ५ लाख २९ हजार संक्रमित हुँदा १६ हजार व्यक्तिको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्