Saturday, November 28

ईरानले बनायो नयाँ हतियार, अमेरिकालाई टेन्सन!

June 27, 2020 287

तेहरान (एजेन्सी) । ईरानको इस्लामिक रेभोल्यूशनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले चार नयाँ सैन्य हतियारहरुबारे जानकाी सार्वजनिक गरेको छ। यी मध्ये एक जासूसी ड्रोन हो जसले १२ हजार फिटको उँचाईबाट पनि काम गर्न सक्छ।

ईरानको शीर्ष सेनाले यी हतियार यस्तो समयमा सार्वजनिक गरेको छ, जतिबेला संयुक्त राष्ट्र सुरक्षा परिषदको ईरानमाथि हतियारको खरिदका लागि लगाइएको प्रतिबन्ध बढाउने विषयमा छलफल तिब्र भइरहेको छ।

शनिवार आईआरजीसी कमाण्डर मेजर जनरल हुसैन सलामीले यी स्वदेशी हतियारबारे जानकारी दिए। यी हतियार आईआरजीसी ग्राउण्ड फोर्सको रिसर्च एण्ड सेल्फ–सफिसिएंशी जिहाद अर्गनाइजेशनले बनाएको हो।

यी नयाँ हतियार मध्ये एक बीटीआर–५० ट्यांक हो जो मकरान ट्यांकको एक नयाँ भर्सन हो। यसको बडीलाई नयाँ लुक दिइएको छ।

यसमा फायर कंट्रोल सिस्टम, थर्मल नाइट–भिजन क्यामरा र दूरी मापनका लागि एक लेज़र प्रणाली हैछ। जसको माध्यमबाट यो जमीन र हावामा निशाना लगाउन सक्षम छ। यस ट्यांकमा ३० एमएम क्यालिबरको अटोमैटिक तोप र ७.६२ क्यालिबरको मेशीनगन छ। जसलाई ट्यांकको भित्रबाट गनरले नियन्त्रित गर्न सक्छ।

ईरानका यी हतियारमा मेराज–१ ड्रोनको निकै चर्चा छ। यो जासूसी टोही विमान हो, जो १२ हजार फिटको उँचाईमा १४० किलोमिटर प्रतिघण्टाका दरले उडान भर्न सक्छ। ३५ किलोग्राम तौलको यो ड्रोन साढे १० घण्टासम्म उड्न सक्छ र ५ किलोसम्म तौल बोक्न सक्छ। र यसले १५० किलोमिटर दूरीसम्म डाटा पठाउन सक्छ।

आईआरजीसीको जमिनी रडार सिस्टमलाई पनि एक महत्वपूर्ण उपलब्धि मानिएको छ। यो यस्तो रडार सिस्टम हो जसले बारुदी सुरुङ र जमिनमा रहेका बमबारे जानकारी दिन सक्छ। यात्रु वाहानमा लगाइएको यो सिस्टमले १० किलोमिटर प्रतिघण्टाको गतिको समय ३० सेन्टिमरसम्म लगाइएको विस्फोटक पदार्थबारे ३० मिटर टाढाबाटै जानकारी दिन सक्छ।

ईरानमाथि राष्ट्रसंघले लगाएको प्रतिबन्ध आगामी अक्टुबरमा समाप्त हुँदैछ। यसअघि नै अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले यो विषयमा बहस तिब्र पारिदिएका छन्। पोम्पियोले बिहीबार यदि ईरानमाथि प्रतिबन्ध नबढाउने हो भने उसले रुस र चिनियाँ विमान खरिद गर्न सक्ने बताए।

ईरानको नयाँ हतियारबारे अमेरिकाको कुनै प्रतिक्रिया भने आइसकेको छैन, तर उसका लागि यो चिन्ताको विषय भने अवश्य हो।

प्रतिकृया दिनुहोस्