Sunday, October 25

सलह समातेर बुझाउनेलाई प्रदेश सरकारको पुरस्कार !

June 27, 2020 154

बुटवल : पाकिस्तानबाट भारत हुँदै नेपालमा पनि सलह आउन थालेपछि सम्बन्धित निकायले सावधानी अपनाउन थालेका छन् ।

अनिकाल नै निम्त्याउनसक्ने भन्दै स्थानीय तहबाट यसको रोकथामका लागि प्रयत्न भएका छन् । यस्तैमा प्रदेश नम्बर ५ सरकारले सलह कीरा समात्नेलाई इनाम दिने घोषणा गरेको छ । प्रदेश सरकारले हालै एक केजी सलह कीरालाई समातेर बुझाएको खण्डमा २० रुपैयाँका दरले स्थानीयलाई इनाम दिने घोषणा गरेको हो ।

रुपन्देहीका विभिन्न स्थानमा सलहको आक्रमण बढ्न थालेपछि प्रदेश सरकारले यस्तो उपाय अपनाएको हो । प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहहकारी मन्त्रालयले एक केजी सलह समातेर बुझाउनेलाई २० रुपैयाँ नगद नै दिने जनाएको हो ।

कृषि मन्त्री आरती पौडेलका अनुसार त्यस्ता सलह कीरा समातेर सम्बन्धित वडा कार्यालयमा बुझाउनु पर्नेछ । कार्यालयले नगद तत्कालै दिने व्यवस्था गरिएको हो । पाकिस्तानबाट भारत हुँदै हाल सलह नेपालको मधेसका फाँटमा सल्किएका छन् । यस्ता सलहले गर्दा अन्नबाली नष्ट हुनसक्ने भन्दै विज्ञहरुले चिन्ता प्रकट गर्दैआएका छन् ।

प्रतिकृया दिनुहोस्